अमरगढीले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले लिए सेवा

.शेर भण्डारी÷हर्क चन्द
डडेल्धुरा,माघ १५ ।
२ दिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर अमरगढी गरपालिकाको वडा नं ९ भूमिराजमा मंगलबार सम्पन्न भएको छ ।सत्या साई संगठन नेपाल नक्साल काठमाडौँ र अमरगढी नगरपालिकाले आयोजना गरेकोे शिविर मंगलबार वडा नं ९को भूमिराज स्वास्थ्य चौकीमा समापन गरिएको हो । शिविर सोमबार वडा नं. १० राईबाट शुरु भएको थियो ।

 

२ दिनसम्म संचालन गरिएको शिविरमा अमरगढी नगरपालिका वडा नम्बर १, ८, ९, १०, ११ जम्मा पाँच सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको अमरगढी स्वास्थ्य शाखाका संयोजक गणेश बिष्टले जानकारी दिए ।

सोमबार शिविरको पहिलो दिन वडा नम्बर १० राईमा ३२५ र ९ भूमिराजमा १७५ जना विरामीहरुले चेकजाँच तथा उपचार सेवा लिएको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । अहिले पनि अमरगढीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित रहेका आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरुले निःशुल्क रुपमा आफनै घरमा सेवा पाउन भन्ने उदेश्यले सत्या साई संगठन नेपालसँग सहकार्य गरेर निःशुल्क सेवा दिएको उनको भनाइ छ ।

शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, ढाड दुख्ने, हाड जोरर्नी दुख्ने समस्या, मुटुको समस्या, ग्याष्ट्रिकको समस्या भएका स्वासप्रस्वास सम्बन्धि समस्या भएका, हेडिकेट्स (भिटामीन डिको कमि भएर लाग्ने रोगलगायतका किरामीहरु देखा परेको सेती अञ्चल अस्पताल धनगढीका डा. सुरेन्द« श्रेष्ठले बताए ।

टाढा टाढा देशका बिकट ठाउँ छनोट गरेर अति बिपन्न परिवारका बृद्धबृद्धा स्वास्थ्य चौकिमा जान नसक्नेहरुलाई मध्य नजर गरेर अमरगढी नगरपालिका सँग सहकार्य गरेको सत्या साई संगठन नेपालकी सह अध्यक्ष श्रीधरा वाँस्कोटाले बताइन् ।

गाउँमै निःशुल्क स्वास्थ्य उपचार पाएपछि आफू निकै खुसी भएको ८२ वर्षीया धर्मादेवि रोकायाले बताइन् । ‘बिरामी भएपछि डडेल्धुरा सदरमुकाम जानु पथ्र्यो । गाउँमै उपचार पाए खुसी लाग्यो ।’ उनले भनिन्, ‘गरिबहरुले पैसाको अभावका कारण उपचार गर्न नपाएर घरमै बस्नुपथ्र्यो । अमरगढी सरकारले घरमै निःशुल्क उपचारको व्यवस्था गरिदियो बल्ल सरकार गाउँमा आएको अनुभूति भएको छ ।’ साथै शिविरमा सहभागी वृद्ध–वृद्धाहरुलाई कम्बल र जुत्ता वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्