हातमा हात मिलाएर अगाडि बढे देशलाई समृद्ध बनाउन धेरे वर्ष लाग्दैन : मन्त्री बोहरा

  • प्रकाश पार्की

डडेल्धुरा, माघ १६ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले प्रदेश सरकार सुदूरपश्चिमको विकासमा लागि परेको बताएका छन्। बुधबार भागेश्वर मावि परशुराम नगरपालिका–४ कटाल डडेल्धुराको ४४औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन्।

प्रदेश सरकार यहाँको समग्र विकासका लागी परेको उल्लेख गर्दै उनले यहाँको विकासलाई तीव्र गतिमा अगाडि बढाउनमा प्रयत्नरत रहेको बताएका छन्। जनताले यस क्षेत्रको विकास गर्नका लागि चुनाव जिताएर सरकारमा पुर्‍याएको बताउँदै मन्त्री बोहराले कहीँकतै ढिलाइ नगरी विकास निर्माणमा आफूहरू कटिबद्ध भएर लागिरहेको बताए।

मुलुकको विकासका लागि सरकारले विभिन्न किसिमका नयाँ–नयाँ विकासका आयोजनाहरू बनाइरहेको उनको भनाइ छ। सम्पूर्ण मुलुकबासीले हातमाहात मिलाएर अगाडि बढे समृद्ध नेपाल बनाउन धेरे वर्ष नलाग्ने उनको तर्फ थियो।

सुदूरपश्चिम प्रदेशमा धेरै सम्भावना रहेको बताउँदै मन्त्री बोहराले यी सम्भावनाहरुलाई सकार पार्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार एकजुट भएर अगाडि बढ्नु पर्ने बताए। विकासको वाधककारुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्नुपर्ने उनको तर्क थियो।

उनले बजेटको सदुपयोग गर्न सकेनौँ र आफ्नो मात्रै दुनो सोझाउने काम गरे विकास निर्माणले गति नलिने उनको भनाइ छ। समग्र डडेल्धुरा जिल्लाको विकासका लागि योजनाबद्ध रुपमा आफू अगाडि बढिरहेको बताएका छन्।

उनले ग्रामीण भेगमा अझैँ सडक सञ्जाल विस्तार हुन बाँकी रहेको उल्लेख गर्दै उनले सबै नागरिकलाई सडक यातायतासँग जोड्नको लागि सरकार योजनावद्ध ढंगले अगाडि बढिरहेको बताए। उनले भने, ‘कालोपत्रे हुन बाँकी रहेका सडकहरुलाई कालोपत्रे गर्ने, सडकहरुमा पुलहरु बनाउने, खानेपानीको व्यवस्था गर्ने, सिँचाइका ठूला योजनाहरू निर्माण गर्नेलगायतका कामहरू गर्देछौँ।’

सुविधा सम्पन्न अस्पालत निर्माणदेखि सुदूरपश्चिम क्षेत्रको पर्यटक विकासका लागि पनि सरकार योजना बनाइरहेको उनले जानकारी दिए। जोगबुडामा रहेको १५ शैयाको जोगबुडा अस्पतालको स्तरउन्नती गरेर २५ शैयाको बनाएको पनि उनले बताए। जोगबुडा अस्पताललाई ५० शैयाको अस्पालत बनाउनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए।

फरक प्रसंगमा मन्त्री बोहराले जनप्रतिनिधिहरुले सही ढंगले परिचातिल छन् की छैन यसको बारेमा आम नागरिकले चनाखो हुन जरुरी रहेको औँल्याए।

‘नीत तथा कानून बनाउने, यहाँको विकासको जिम्मेवारी स्थानीय सरकारसँग छ। तर, यो स्थानीय सरकारको जिम्मामा छ भन्दै स्थानीय तहको सरकारको नेतृत्वले जथाभावी गर्न पाइँदैन’ मन्त्री बोहराले भने,‘यदी जथाभावी गर्न थाल्यौं वा बजेटको दुरुपयोग गर्न थाल्यौं भने गाउँको विकास हुँदैन।’

जनप्रतिनिधिहरुले जनताको हितविरुद्ध काम गर्न थाले त्यसको खबरदारी गर्ने काम पनि स्वयं जनाता भएकाले खबरदारी गर्न पनि आम नागरिकलाई मन्त्री बोहराले अपिल समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्