टोखामा ६ महिनाकी गर्भवती महिलाको हत्या, ४ जना पक्राउ

काठमाडौं,पुस ३ । प्रहरीले टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।अजितालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई आज नियन्त्रणमा लिएको हो ।

मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।हत्या गरिएकी मृतक अजिता मल्ल शाही ।

आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती विष्णुमायाले कान्छी श्रीमती अजिता को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् ।

मृतक अजिता ६ महिनाको गर्भवती थिइन् । उनीहरु सबैले अजिताको हत्या गरेको स्वीकार गरेको महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए।

.रातोपाटी

प्रतिक्रिया दिनुहोस्