विपद् जोखीम न्युनिकरणका लागी पत्रकारलाई प्रशिक्षण

आशिष मल्ल
कैलाली माघ १८ । विपद्लाई न्युनिकरण र व्यवस्थापनमा पत्रकारहरुको भुमिकाबारे सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई तिन दिने प्रशिक्षक प्रशिक्षण तालीम मार्फत जानकारी गराईने भएको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजना र कारितास नेपालको आर्थिक सहयोगमा उक्त प्रशिक्षक प्रशिक्षण तालीम आजबाट कैलालीको धनगढीमा आयोजना गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले पानसमा बत्ती बालेर कार्यक्रम अपौचारिक उद्ध्घाटन गरेका छन् ।

सुदुरपश्चिम प्रदेश अन्तरगतका ९ वटै जिल्लाका ३० जना बढी क्रियाशिल पत्रकारहरुलाई विपद् जोखिम न्युनिकरण र व्यवस्थापनबारे जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष अर्जुन शाहले बताएका छन् । ‘संचारकर्मीहरुले विपद् जोखिम न्युनिकरणको बारेमा स्थानिय तहहरुको ध्यान आर्कषण गराउन आवश्यक रहेको छ’ उद्घाटन कार्यक्रममा बोल्दै उनले भने ‘उनीहरुले संविधानमा उल्लेखीत ऐन तथा नियमावलीहरुको पालना गरेका छन की छैनन भनेर सजक गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले विपद् कसैलाई सोधेर नआउने भएकोले विपद् न्युनिकरण र व्यवस्थापनका लागि पुर्वतयारी गर्ने खालका जनचेतना मुलक कार्यक्रमहरु सुदुरपश्चिम प्रदेश सरकारले तयारी गरिरहेको बताएका छन् । उनले भने ‘ऐनमा उल्लेख भएका कुराहरुलाई हामी कार्यन्वयन गर्ने तयारीमा छौ ।’ कार्यक्रममा बोल्दै कारीतास नेपालका प्रबन्धक लक्ष्मीराज जोशीले पत्रकारले कुनै पनि विषयमा रिपोटीङ्ग गर्दा त्यस विषयमा जानकार हुनुपर्ने भन्दै विपद्को बारेमा विषयगत दक्ष बनाउन यस प्रशिक्षणको आयोजना गरीएको बताएका छन ।

तिन दिनसम्म चल्ने प्रशिक्षण तालीमको उद्घाटन कार्यक्रको विशिष्ट अतिथीहरुमा सुदरपश्चिम प्रदेश विपक्षीय संसदीय प्रतिपक्ष दलका नेता डाक्टर रणबहादुर रावल, सुदरपश्चिम प्रदेश अर्थ समितीका सभापती गोविन्द कुँवर, धनगढी उपमहानगरपालीकाका नगरप्रमुख नृप ओड, नेपाल पत्रकार महासंघका केन्दीय सदस्य उत्तर विष्ट लगायत रहेका थिए । माघ २० गतेसम्म सन्चालन हुने तालीममा वरिष्ठ पत्रकार शिव गाँउले र रामनाथ ओझाले प्रशिक्षण गर्नेे आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्