गाउँ–गाउँमा चेतना फैलाउँदै गाउँपालिका अध्यक्ष विष्ट

  • 6
    Shares
  • ललित बोहारा

डडेल्धुरा, माघ २२ । छाउपडी प्रथाका विरुद्ध सचेतना मुलक अभियानमा नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैं जनचेतना जगाउन गाउँ–गाउँका विद्यालय–विद्यालयमा पुगेका छन् ।

गाउँपालिकाभित्रको छाउपडी, महिनावारी ब्यवस्थापन नहुँदा महिलाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने भन्दै अध्यक्ष विष्ट आफू नै जनचेतना अभियानमा सक्रिय भएका हुन् ।

२४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका विष्टले गाउँपालिकाभरी नै एकिकृत स्वास्थ्य सेवा प्रदान गरेका थिए । यस अघि निःशुल्क स्वास्थ्य शिवीर प्रत्येक वडावडामा सञ्चालन गरिएको थियो ।

यस्तै बीच नवदुर्गा गाउँपालिकाको बहुक्षेत्रीय पोषण योजना अन्र्तगत महिला शिक्षक र किशोरीहरुलाई स्यानिटरी प्याड निमार्ण, महिनावारी ब्यवस्थापन, छाउपडी र पोषण सम्बन्धी १ दिने अभिमुखीकरण सम्पन्न गरिएको छ ।

बिजयसैनी मावि चामाचौड र भूमिराज आधारभूत चौडबान्नी विद्यालयका किशोरी तथा महिला शिक्षकहरुलाई स्यानिटरी प्याड निमार्ण, महिनावारी व्यवस्थापन, छाउपडी र पोषण सम्बन्धी सचेतना जगाउने उद्देश्यले अभिमुखीकारणको आयोजना गरिएको नवदुर्गा गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

यस अघि नवदुर्गा गाउँपालिका शिक्षा शाखाले गाउँपालिकाभित्रका सबै जसो विद्यालयका महिला शिक्षक तथा किशोरीहरुलाई तालिम दिइसकेको छ ।

यस्तै नवदुर्गा गाउँपालिका अध्यक्ष बिष्टले गाउँपालिकाभित्रका ५ नमूना विद्यालय मध्येको एक विद्यालयमा छड्के अनुगमन गरेका छन् ।

भूमिराज आधारभूत विद्यालय चौडबान्नीको अध्यक्ष विष्टले कक्षा अवलोकन समेत गरेको छन् । गत आर्थिक वर्ष २०७४/७५ मा नवदुर्गा गाउँपालिकाले ५ वडा विद्यालयहरुलाई नमूना विद्यालयहरु बनाउने निर्णय गरेको नवदुर्गा शिक्षा शाखाले जनाएको छ ।

अनुगनका क्रममा विद्यालयमा पढाईको स्तरमा केहीहद वृद्धि, शिक्षक लगनशिल अध्यनशिल रहेको पाइएपनि विद्यार्थीहरुको व्यक्तिगत सरसफाई सन्तोषजनक नभएको भेटिएको छ । विद्यालयले दवतरी शिक्षा, पढाई शिप कार्यक्रम लगायतका कार्यक्रमहरु लागू छन् । यो आर्थिक वर्षमा पनि गाउँपालिकाले ५ विद्यालयहरुलाई नमूना बनाउने प्रक्रियामा रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्