सुधिर जैरुको ‘रानी चरो’ बजारमा (भिडियोसहित)

डडेल्धुरा, फागुन १२ । गायक सुधिर जैरुको नयाँ देउडा गीत ‘रानी चरो’ बजारमा आएको छ । उक्त गीतमा सुधिर जैरु र टीका पुनको आवाज रहेको छ । गीतमा रोहित देउवाको शब्द र सुधिर जैरुकै संगीत रहेको छ ।

म्युजिक भिडियोमा सुधिर जैरु र रोजी कुँवरले अभिनय गरेका छन् भने म्युजिक भिडियोको निर्देशन भीम थापाले गरेका छन् । उक्त म्युजिक भिडियोको छायांकन हरिष महराले गरेका हुन् ।

भिडियोलाई म्यूजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको हो । एक हप्ता अघि सार्वजनिक गरिएको जैरुको यो गीतलाई दर्शक-स्रोताले रुचाएका छन् । युट्युबमा भिडियो हेरेपछि अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

भिडियो हेरेपछि जगदिश शाहले कमेन्ट गरेका छन्, ‘म पूर्बेली हुँ तर मलाई सुदूरपश्चिमेली मानिसका गित, संस्कृती मनपर्छ ।’  यस्तै मगर बसन्तले अति राम्रो गित भन्दै कमेन्ट गरेका छन् । दिलबहादुर देउवाले भनेका छन्, ‘यो पो हो तरिका भेरी गूड भिडियो ।’

भिडियो :

प्रतिक्रिया दिनुहोस्