निर्माणाधीन सिचाई योजनाको मन्त्री बोहराले गरे अनुगमन

  • ललित बोहरा

डडेल्धुरा, फागुन १८ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले निर्माणाधीन मनसुता सिचाई योजनाको स्थलगत अनुगमन गरेका छन् ।

शनिबार डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेली मनसुता खोलामा निर्माणाधीन रहेको मनसुता सिचाई योजनाको स्थलगत अनुगम गरेका हुन् । उक्त गत वर्ष आर्थिक २०७४÷०७५ मा सुरु भएको हो ।

तत्कालिन क्षेत्रीय निर्देशनालयबाट स्कृत भई सञ्चालन भएको योजनाको अहिले ७० प्रतिशत भौतिक प्रगति भएको जल स्रोत तथा सिचाई विकास डिभिजन डडेल्धुराका प्रमुख मेगराज अवस्थीले जानकारी दिए ।

उक्त योजना समयमै सम्पन्न गर्न निमार्णको जिम्मा पाएको भुवनेश्वरी निमार्ण सेवालाई मन्त्री बोहराले निर्देशन दिएका छन् ।

योजनाको जम्मा स्टमेट १ करोड ३३ लाख भएपनि ठेक्कातर्फ ६० लाख ७८ हजार, उपभोक्त तर्फ ६५ लाख ८२ हजार, ठेकाघटेर ४९ लाख १६ हजारमा सम्झौता भएको भुवनेश्वरी निमार्ण सेवाले जनाएको छ ।

उक्त योजनाले ३ गाउँ गौनेला, डुङरी र वलीगाउँका करिब २२ हेक्टर जग्गालाई सिचाई पुग्ने छ । साविको कोटेली गाविसमा पाँच ट्रङकी निमार्ण २ सय ५० घरधुरी लाभान्वित हुने जनाएको छ ।

सिचाई योजनाको म्याद एक पटक थप गरिएको र यो आर्थिक वर्षमा काम सम्पन्न गर्नु पर्ने भएपनि स्टमेट भन्दा बढी रकम आवश्यक भएपछि १० लाख थप बजेट माग गरिएको जनाएको छ ।

सिचाई योजनाको मुख्य मुहानमा दुई खोलाको दुभान भएकाले पानीको मात्र पनि बढी हुने भएपनि पाईपलाई विछ्याउन भिरै भिरभएकाले समस्या रहेको जल स्रोत तथा सिचाई विकास डिभिजन डडेल्धुराका प्रमुख अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्