ग्रामिण क्षेत्रका महिलाको सुचना प्रविधिमा पहुँच बढ्दै

डडेल्धुरा,फाल्गुन १८। सुशासन कायम र पार्दशिताका लागी भन्दै डडेल्धुरामा पहिलो पटक खुल्ला तथ्याङ्क दिवस मनाईएको छ । अन्तराष्ट्रिय खुल्ला तथ्यांक दिवसका अवसरमा अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकाले खुल्ला तथ्यांक बारे चर्चा गर्दै दिवस मनाएको हो ।

 

सुशासनका क्षेत्रमा सुचना प्रविधि केन्द्र सञ्चालनमा सहयोग गर्दै आएको गैर सरकारी संस्था ग्रामीण वातावरण विकास केन्द्रको सहयोगमा अमरगढी नगरपालिकाले जिल्ला सदरमुकाम र नवदुर्गा गाउपालिकाले वडा नम्बर ३ नवदुर्गामा सुचना तथ्यांक बारे जानकारी गराउदै दिवस मनायो ।

सरकार जवफदेही भए मात्र लोकतन्त्र बलियो हुन्छ, खुल्ला तथ्यांक हाम्रो लागी हो, खुल्ला सरकारी तथ्यांकमा नागरिकको पहुच शुसासनको आधार हो, खुल्ला तथ्यांकको अभ्यासनागरिक लाई सुशासनको अभ्यास लेखिएका प्लेकार्ड बोकी शनिबार बिहान सदरमुकाम बागबजार बसपार्क बाट ¥याली निकालिएको थियो ।

¥याली पछि नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा नगर उपप्रमुख संगिता भण्डारीले अमरगढीले नगरवासीको तथ्यांक संकलन गरी सार्वजनिक गरिएको बताउदै सुचना प्रवाहका लागी सुचना प्रबिधि केन्द्रको स्थापना संगै मोवाईल एप सञ्चालनमा आएकाले नगरपालिका बारे सबै जानकारी ईन्टरनेटका माध्ययम बाट कुनै पनि स्थानमा प्राप्त गर्न मिल्ने बताईन ।

उनले भनिन, ‘स्थानीय सरकार आइसकेपछी अहिले ग्रामीण क्षेत्रका महिला सुचनाको पहँुचमा आउन थालेका छन ।’ उनिहरु सुचनाको पहँुचमा पुग्न थालेका पछी सार्वजनीक सुनुवाई, निती तथा कार्यक्रम र स्थानिय तहले आयोजना गर्ने सबै कार्यक्रममा स्थानीयवासी र महिलाले चासो देखाउन थालेका छन ।
अमरगढी नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीदत्त पनेरुले ५ हजार भन्दा माथिको भौचर उठाउदा सार्वजनिक गर्नु पर्ने भनिए पनि अहिले सेलाउदै गएको बताउँदै सुशासन कायम पारदर्शिता र आम नगरवासीको जानकारीका लागी वेभ साईड, सुचना प्रविधि केन्द्र, मोवाईल एप सञ्चालनमा ल्याए संगै सार्वजनिक सुनुवाईका कार्यक्रमहरु पनि भईरहेको बताए ।

स्थानीय जनतालाई सुसूचित पार्ने र तहका हरेक गतिविधिलाई सूचना प्रविधि सँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको बताइएको छ । स्थानीय तहले गरेका काम, आय–व्यय विवरण तथा नागरीक वडापत्र समेत अहिले सुचना केन्द्र र डाटा पार्टल मार्फत सार्वजनीक गर्ने गरेको अमरगढी नगरपालीकाका सुचना अधिकारी लालबहादुर साउँदले बताए ।

नेपालको संविधानको धारा २७ ले सूचनाको हक अन्तर्गत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरेको छ । अहिले डडेल्धुराका दुई स्थानिय तह अमरगढी नगरपालीका र नवदुर्गा गाँउपालीकामा डाटा पोर्टल र सूचना प्रविधि केन्द्र स्थापना भए सँगै स्थानिय महिलाहरुले सुचनाको हकलाई उपयोग गर्न थालेका छन ।

ग्रामीण क्षेत्रमा अझैपनी महिला पछाडी रहेको र स्थानिय तहले महिला सशक्तीकरण तथा उनीहरुको चेतना अभिवृद्धी गर्ने अभ्यास गरीरहेको नवदुर्गा गाँउपालीका उपाध्यक्ष डम्बरी ओलीले बताईन ।

गाँपालीकामा सुचना प्रवीधी केन्द्र स्थापना भएपछी महिलाहरु स्थानीय सरकारका कार्ययोजनाबारे जानकार हुन थालेका छन । अहिले राष्ट्रीय तथा अन्तराष्ट्रीय सुचनामा महिलाहरुको पहुँच भएपछी घरेलु, लैङ्गीक तथा जातीय हिँसा बारे समेत सचेत भएको नवदुर्गा गाँउपालीकाकी नरवदा चुनाराले बताईन ।

सुचना केन्द्र स्थापनामा सहयोग गर्दै आएको गैर सरकारी संस्था ग्रामीण वातावरण विकास केन्द्र अन्र्तगत सुसासन कार्यक्रमको आर्थिक सहयोगमा अमरगढी नगरपालीका र नवदुर्गा गाँउपालीकामा सूचना प्रविधि केन्द्र स्थापना गरीएको छ ।
सूचना प्रविधीको युगमा छिटो छरितो, सुशासन कायम गर्नका लागि स्थापना भएको सूचना प्रविधि केन्द्रले सबै सघाएको छ । सूचना प्रविधि केन्द्र मार्फत स्थानीय तह भित्र भएका सबै नीतिगत निर्णय तथा कार्यक्रमको बारेमा सजिलै जानकारी प्राप्त गर्न अहिले सहज भएको स्थानिय बताउछन ।

स्थानियलाई लाई प्रविधिमा पहुँच प¥्याउने मुख्य लक्ष्यका साथ सञ्चालन गरीएको डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्र अर्थात टेक्नो हब विशेष गरी महिलाहरुको लागी लाभदायी भएको विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्