पाँच वर्ष बितिसक्दा पनि बनेन शहीद भीमदत्त जन्मथलो जाने प्रवेशद्धार

विमल बोहरा /रेडियो युनिटी
डडेल्धुरा,फागुन २२ । डडेल्धुराको अमरगढी नगरपालीका–२ कारीगाउँ जाने प्रवेशद्धार निर्माण सुरु भएको पाँच वर्ष पुरा हुँदा समेत बजेट अभावमा अलपत्र परेको छ ।शहिद भीमदत्त पन्तको जन्मथलो कारीगाउँ प्रवेशद्धार निर्माण करिव पाँच वर्ष अघि शहीद भीमदत्त प्रतिष्ठानले सुरु गरेको थियो । अमरगढी नगरपालीकाको १ लाख सहयोग, सहिद भीमदत्त प्रतिष्ठानको ५० हजार र पर्यटन मन्त्रालयको २ लाखको गरी जम्मा ३ लाख ५० हजारको लागतमा प्रवेशद्धार निर्माण कार्य सुरु भएको थियो । तर, बजेट अभावमा थालिएको काम अधुरै रहेको शहिद भीमदत्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिएका छन ।

स्थानीय तहमा स्थानीय सरकार आइसके पनि प्रवेशद्धार निर्माणमा कसैले चासो नदिएको स्थानीयको गुनासो रहेको छ । निर्माण सुरु भएको पाँच बितिसक्दा पनि प्रवेशद्धार निर्माण हुन नसक्नु दुखद भएको स्थानीय पंकज पन्तले बताएका छन् । ‘गाउँगाउँमा सिंहदरवार आयो भन्छन् निर्माण सुरु भएको पाँच वर्ष हुँदासम्म पनि पुरा भएन ।’ उनले भने ‘निर्वाचनको बेला थुप्रै बाचा गरेका जनप्रतिनिधिले हालसम्म पनि आफ्नो प्रतिबद्धता अहिले पुरा गरेका छैन्न ।’

प्रतिक्रिया दिनुहोस्