विद्यालय दिवा खाजाले पोषणसंगै सरसफाई स्वच्छतामा सुधार ल्याउदै

डडेल्धुरा फागुन २३ – विद्यालय दिवा खाजा कार्यक्रमले बालवालिकाको पोषण सुधारमा महत्वपूर्ण भुमिका पु¥याउने विश्वास लिईएको छ । विद्यालय दिवा खाजाले बालवालिका लाई पढाई पशति रुचि बढाउनुका साथै सरसफाई तथा सवच्छतामा पनि सुधार ल्याउने अपेक्षा गरिएको हो ।

नियमित सरसफाई गर्ने बानी बसालौ, पूर्ण सरसफाई युक्त समाजको निर्माण गरौ भन्ने मुल सन्देश बोकेको विश्व खाद्य कार्यक्रम, विद्यालयमा दिवा खाजा सञ्चालित विद्यालयहरुमा खानेपानी सरसफाई तथा स्वच्छता सुविधामा सुधार र प्रयोगात्माक अभिबृद्धिका लागी प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत सदरमुकाम डडेल्धुरामा सञ्चालित सामाजिक परिचालकहरुका लागी तिन दिने पुनर्ताजगी प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागीले सिकेका ज्ञान समाजमा बाढ्नुले पोषण, सरसफाई संगै स्वच्छतामा सुधार आउने प्रतिक्रिया जनाए ।

कार्यक्रमको समापनमा बुधबार बझाङ्ग जिल्लाका सामाजिक परिचालकहरुले सरसफाई स्वच्छता सम्बन्धि तालिममा सामान्य मानिने तर स्वास्थ्यका लागी लाभ दायक विषय वस्तु माथि महत्वपुर्ण छलफल गरिएकाले सिकेका ज्ञान शिप समुदायमा बाट्ने बताए ।

समापन समारोहका प्रमुख अतिथी रहेका जिल्ला समन्वय समिती डडेल्धुरा प्रमुख गणेशराज भट्ट सरसफाई बारे सिकाउदा अहिले सामान्य लाग्ने भएता पनि यो मुख्य बिषय भएको बताए । हामि अहिले पनि सरसफाई बारे समाुदायमा सिकाउदै छौ । उनले भने, यसले हामि कहा छौ भन्ने पुष्टि हुन्छ । प्रबिधिको युगमा समयले निकै फड्को मारि सकेको भए पनि सरसफाई बारे काम गरि रहदा पछाडी परेको महसुस हुने उनले बताए । उनले भने तर यो निकै महत्वपुर्ण काम हो । अब संघिय सरचना अनुसार स्थानिय, प्रदेश र संघिय सरकारले आफै यस क्षेत्रमा काम गर्न जरुरी छ । नत्र दातृ संघ संस्थाले छोडी सके पछि घर समाज राष्ट्र अस्वस्थ्य बन्न पुग्छ । विद्यालयमा बालवालिका लाई दिईने दिवा खाजाले पोषणमा सुधार ल्याउनुका साथै स्वास्थकर जीवनयापनमा महत्वपुर्ण भुमिका खेल्ने गरेकाले बालवालिका लाई सरसफाई स्वच्छता सिकाईनुले स्वस्थ जीवन यापनले राष्ट्र समृद्ध हुने औल्याए ।

बझाङ्ग जिल्लामा यस कार्यक्रमका लागी सहयोग गर्दै आएको आईडिएसले सरकारको कार्यबिधि अनुसार काम गर्न सहयोग गर्दै आएकाले सवै स्थानिय स्तरका सबै बैठक छलफलमा यस बिषयमा आवाज उठाईनु पर्ने जरुरी रहेको आईडिएसका कार्यकारी निर्देशक प्रकाश कोईरालाले बताए । कार्यक्रममा सहभागी सामाजिक परिचालकले तालिममा सिकेका सरसफाई स्वास्थ्य सम्बन्धि जानकारी सुदूरपश्चिमको डोट्याली डेउडा भाषाका गित मार्फत प्रष्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्