अजयमेरुमा संचालित ६ दिने निःशुल्क स्वास्थ्य शिविरमा २८ सयले लिए सेवा

ललित बोहरा

(राजुल) डडेल्धुरा- अजयमेरु गाउँपालिका डडेल्धुराले ६ दिने एकिकृत निःशुल्क स्वास्थ्य शिविर बुधबार सम्पन्न गरिएको छ । गत शुक्रबार गाउँपालिका–१ मा रहेको समैजी स्वास्थ्य चौकीमा एक औपचारीक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उद्घाटन गरेको शिविर बुधबार गाउँपालीकाको वडा नं. ६ मा रहेको राजुल देवलदिब्यपुरमा सम्पन्न भएको छ ।

प्रत्येक वडा कार्यालयका स्वास्थ्य चौकिमा एक–एक दिने सञ्चालन भएको शिविरबाट २७ सय ८६ जनाले सेवा दिएका छन् ।
शिवीरमा पाठे घर सम्बन्धी जाचँ १ सय ७६, जस मध्ये ११ जना अपसेरन गर्नु पर्ने, १५ जना रिङपेसरी राख्ने, भिडीयो एक्सरे सेवा २ सय १४, ल्याब सेवा १ सय २१, दाँतको उपचार २ सय ४७, जस मध्ये ८६ जनाले दाँत परिवर्तन, आखा जाचँ तथा उपचार सेवा १५ सय ६२, जसमध्ये १ सय ७५ जना अपरेशन गर्नु पर्ने, ७ सय १६ लाई निःशुल्क चस्मा बितरण, र ओपीडी सेवा ११ सय ९० जनाले लिएको गाउँपालीको स्वास्थ्य शाखाले जनाएको छ ।

अजयमेरु गाउँपालीकाका ६ वटै वडाहरुमा एक एक दिन सञ्चालन हुने शिवीरमा भिडियो एक्सरे सेवा, दन्त उपचार सेवा, जनरल चेक जाँच तथा उपचार सेवा, निःशुल्क औषधि वितरण, ल्याव, निःशुल्क आँखा जाँच तथा उपचार, चस्मा वितरण, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा गाउँपालिकाले दिइने स्वास्थ्य शाखा संयोजक गणेश पालले बताए । महिलामा पाठेघर खस्ने, जेष्ठ नागरीकमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको बताएको छन् । गाउँघरमा स्वास्थ्य सेवा पाएपछि आफुहरुलाई सिहंदरबार घरमै आएको अनुभुति भएको स्थानीय बिर बहादुर मल्लले खुशी ब्यक्त गरेका थिए ।

समापनमा बोल्दै गाउँपालीका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले नेपालको संविधान अनुसार नागरिकको मौलिक हक अन्र्तगत कोही पनि नागरिक आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित नहुन् तथा ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । स्वास्थ्य क्षेत्रमा ८८ स्थानीय तह मध्ये हामी निकै अगाडी रहेको उनले दाबी समेत गरेका छन् ।

उनले गाउँ–गाउँमा सिंहदरबार भनेको ठूलो भवन गाउँमा आउने नभएर यसरी सेवा दिनुलाई नै गाउँमा सिंहदरबार आएको बुझनु पर्नेमा जोड दिएका थिए । साथै अध्यक्ष भट्टले शिविर अबधिभर प्रत्यक्ष वा अपत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यावाद सहित उपचारमा खटिएका डडेल्धुरा अस्पतालका डाक्टरहरुको टोली र निरन्तर समाचार सम्प्रेशण गर्ने रेडियो युनिटी ९२.२ मेगाहर्जलाई सम्मान गरेको छ ।

पहिलो दिन समैजी स्वास्थ्य चौकी पूलेकमा संञ्चालन गरेको शिवीरमा खतेडा गाउँका र चिपुरमा सञ्चालन भएका शिबिरमा आउन नसकेका नागरीकको लागी चैत ४ र ५ गते शिविरको आयोजना गरिने गाउँपालीकाले जनाएको छ । भद्रपुरमा सुदुरपश्चिम प्रदेश मन्त्रालयले चैत २० र २१ गते बिशिषज्ञ डाक्टरहरुको टोली सहितको एक शिविरको समेत आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्