पथ्थरखानी खानेपानी तथा सरसफाई योजनाको स्थल अनुगमन तथा सार्वजनिक सुनुवाई

ललित बोहरा

(भुल्कुडा) डडेल्धुरा फागुन ३० – पथ्थरखानी खानेपानी तथा सरसफाई योजनाको स्थल अनुगमन तथा सार्वजनिक सुनुवाई गरिएको छ । अजयमेरु गाउँपालिका–४ भुल्कुडामा निमार्णधीन खानेपानी योजनाको अनुगमन तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना–३ (RVWRMP) अजयमेरु गाउँपालिकाद्धारा ४० लाख ९८ हजार बजेट लागतमा निमार्णधीन आयोजनाको अनुगमनका क्रममा  निमार्ण सम्पन्न भइसकेको पाइएको ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना ३ का जलस्रोत सल्लाहार इन्जिनियर धुर्ब श्रेष्ठले जानकारी दिए ।

२०७४ साल बैशाखमा एक वर्षमा निमार्ण सम्पन्न गर्ने सम्झैता भएको पथ्थरखानी खानेपानी आयोजनामा १६ धारा निमार्ण भइ पानी सुचारु गरिएको छ । उक्त खानेपानी आयोजनाबाट २ सय ७९ नागरिक लाभान्वित भएको उपभोत्ता समितिका अध्यक्ष बसुसिंह भाटले बताए ।

एक घर एक धारा निमार्ण गर्ने उद्देश्यका साथ सुरु भएको योजनाको अनुगमनका क्रममा इन्टेक जमीनमा नराखीएको, पाइपलाइ केही स्थानमा तोकेभन्दा कम गहिराईरहेको तथा इन्टेकमा पानी नै नभएको भेटिएको छ ।

तिमलटुमा रहेको एक इन्टेकमा पानि नै सुचारु नभएको देखिएपछि पाइपलाइनै पाइएपलाई अनुगमन टोली मुहानै पुगेपछि पाइलाइनको केही स्थानमा पाइप नै टुटेको देखिएको छ । सो इन्टेकमा पाईपलाईन पुरानो नै रहेको र इन्टेक नयाँ बनेको गाउँपालिकाले जनाएको छ ।
पानी सबैको घर घरमा पुत्याउने योजना गाउँपालिकाको रहेको बताएको छ । अहिले सम्म सो योजनामा करिब २४ लाख बजेट खर्च भईसकेको अध्यक्ष भाटले सार्वजनीक सनुवाईमा बताए ।

अनुगमनमा गाउँपालीका अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष कलावती भाण, गाउँपालिका ईन्जीनियर तथा सव ईन्जीनियर र ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना ३ का जलस्रोत सल्लाहार इन्जिनियर धुर्ब श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्